काठमाडौं । चर्चित गायिका तथा गीतकार रचना दाहालले नयाँ म्युजिक भिडियो ल्याउने भएकी छन् । शनिबार एक्सओ क्लबमा हुने सांगीतिक प्रस्तुतिको क्रममा उनले नयाँ म्युजिक भिडियो ‘हे भगवान’ सार्वजनिक गर्ने भएकी हुन् ।

‘जन्मदाग’ एल्बमको ‘तिमी भए’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको ३ महिनापछि उनले नयाँ गीत ल्याउन लागेकी हुन् ।

भिडियो प्रिमियरपछि ‘जन्मदाग’ एल्बमको पूर्ण लाइभ प्रस्तुति हुनेछ । प्रस्तुतिमा दाहालको ब्याण्डका सदस्यहरू रोशन शर्मा (गिटारिस्ट), रोशन पुत्वर (बाँसुरी), किरण शाही (ड्रमर) र सनिष महर्जन (बास गिटार) सहभागी हुनेछन् ।

प्राविधिक टिममा साउन्ड इन्जिनियर युकेश परियार र इमानविक्रम शाह, लाइटिङ इन्जिनियर सक्षम चित्रकार र स्क्रिन टेक्निसियन किरण थापा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *